अन्तिम पटकका लागि भन्दै कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको म्याद

अन्तिम पटकका लागि भन्दै कांग्रेसले थप्यो क्रियाशील सदस्यता अद्यावधिकको म्याद

काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटकका लागि समय थप गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले आगामी जेठ २८ गते राति १२ बजेसम्मका लागि समय थप गर्ने निर्णय गरेको जानकारी दिए। 

कांग्रेसले देशभर क्रियाशील सदस्यता अद्यावधिकको कार्य उत्साहजनक रूपमा अगाडि बढिरहेको जनाएको छ। विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त भएकाले अन्तिम पटकका लागि म्याद थप गरिएको उनले बताए। 

“विभिन्न तहबाट सदस्यता अद्यावधिकका लागि समय अपुग भएको जानकारी प्राप्त हुन आएकोले सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकको निर्णयअनुसार क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि आगामी जेठ २८ गते राति १२ बजेसम्म अन्तिम पटकका लागि कायम गरेका छौं”, कावा मुख्यसचिव दुलालले भने।

कांग्रेसले निर्धारित अवधिभित्र आआफ्नो सदस्यता अद्यावधिक गर्ने कार्य अनिवार्य रूपमा सम्पन्न गर्न सम्बन्धित सबैलाई अनुरोध समेत गरेको छ।

जेठ २२, २०८३ शुक्रबार १५:५५:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।