आईएमई लाइफ इन्स्योरेन्सद्वारा ‘बालक्ष्य डेभलपमेन्ट एण्ड केयर’लाई ३ लाख सहयोग
काठमाडौं : आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत न्यूरो डेभलपमेन्ट (स्नायु विकास) सम्बन्धी समस्या भएका बालबालिकाको उपचारका लागि आर्थिक सहयोग प्रदान गरेको छ।
कम्पनीले विशेष आवश्यकता भएका बालबालिकाहरूलाई सेवा प्रदान गर्दै आएको ‘बालक्ष्य डेभलपमेन्ट एण्ड केयर प्रा.लि.’ लाई रु. ३ लाख आर्थिक सहयोग उपलब्ध गराएको हो।
यस सहयोग रकमको उपयोग न्यूरो डेभलपमेन्ट डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार, आवश्यक थेरापी तथा पुनःस्थापना सेवाका लागि गरिने जनाइएको छ।
समयमै उपचार र थेरापी पाउँदा बालबालिकाहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने र आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई यसबाट राहत पुग्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।
‘इस्युरिङ फ्च्युर’को मूल मन्त्रसहित स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता र सामाजिक उत्थानका क्षेत्रमा योगदान पुर्याउँदै आएको आईएमई लाइफ इन्स्योरेन्सले यस सहकार्यमार्फत बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन आउने अपेक्षा राखेको छ।
जेठ २२, २०८३ शुक्रबार ११:४५:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।