परराष्ट्रमन्त्री खनालको ३ दिने भारत भ्रमण तय

परराष्ट्रमन्त्री खनालको ३ दिने भारत भ्रमण तय

काठमाडौं : परराष्ट्र मन्त्री शिशिर खनाल भारतका विदेश मन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा यही जेठ २२ देखि २४ गतेसम्म भारतको औपचारिक भ्रमणमा जाने भएको छन्।

भ्रमणका क्रममा परराष्ट्र मन्त्री खनालले समकक्षी डा जयशङ्करसँग औपचारिक भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भेटमा उनीहरूबीच द्विपक्षीय व्यापार, लगानी, सम्पर्क सञ्जाल (कनेक्टिभिटी), ऊर्जा तथा जनस्तरका सम्बन्धलगायत विषयमा छलफल हुनेछ।

उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानको एक हिस्साका रूपमा यस भ्रमणले नेपाल र भारतबीच रहिआएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउने सहयोग गर्ने विश्वास लिइएको छ। परराष्ट्र मन्त्री खनाल यही जेठ २४ गते काठमाडौं फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

जेठ २१, २०८३ बिहीबार १७:२२:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।