पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामा पाँच जनाको मृत्यु, ६३ लाखभन्दा बढीको क्षति

पछिल्लो २४ घण्टामा भएका विपद्का घटनामा पाँच जनाको मृत्यु, ६३ लाखभन्दा बढीको  क्षति

काठमाडौं : पछिल्लो २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भएका विपद्जन्य घटनामा पाँच जनाको मृत्यु भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यस अवधिमा प्राकृतिक र अन्य विपद्का कारण लाखौँको भौतिक क्षति समेत भएको छ।

रौतहट, बारा र कपिलवस्तुमा सर्पको डसाइबाट एक महिला, एक बालक र एक बालिका गरी ३ जनाको मृत्यु भएको छ। यस्तै, रोल्पाको गङ्गादेव गाउँपालिकास्थित रातमाटामा खहरे खोलाको भेलले बगाउँदा दुई जना बालकको मृत्यु भएको छ।

मकवानपुर, मोरङ, सिरहा, पर्सा, चितवन, कपिलवस्तु, दाङ, पाल्पा र कञ्चनपुरमा भएका विभिन्न विपद्का घटनामा ११ जना घाइते भएका प्राधिकरणकी प्रवक्ता शान्ति महतले जानकारी दिनइन्।  

प्रवक्ता महतका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा २५ वटा विपद्जन्य घटनाबाट ६३ लाखभन्दा बढीको भौतिक क्षति भएको छ। 

जेठ २१, २०८३ बिहीबार १७:१८:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।