सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी अभिमुखीकरण सम्पन्न

काठमाडौं : सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा काठमाडौंमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गरेका थिए।

उनीहरूले वित्तीय अपराध नियन्त्रण, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा, जोखिममा आधारित दृष्टिकोण र यस क्षेत्रमा बीमा कम्पनीहरूको भूमिकाबारे विस्तृत प्रस्तुतीकरण दिएका थिए।

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन र कानुनी अनुपालनलाई संस्थागत संस्कृतिको रूपमा आत्मसात् गर्नुपर्नेमा जोड दिए।

त्यस्तै, कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले नियामक निकायहरूले जारी गरेका व्यवस्थाको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई विश्वसनीय बनाउन कम्पनी प्रतिबद्ध रहेको बताए।

जेठ २१, २०८३ बिहीबार ११:२४:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।