भक्तपुरमा घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुरमा घरायसी विवादमा श्रीमतीको हत्या

भक्तपुर : भक्तपुर नगरपालिका-१० छालिङमा भाडाको घरमा बस्दै आएका एक युवकले घरायसी विवादमा आफ्नी श्रीमतीको हत्या गरेका छन्।

बुधबार राति शङ्करापुर नगरपालिका-६ नाङ्लेभारेका विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिनालाई खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

आक्रमणमा उनका आठ वर्षका छोरा त्रिशल घाइते भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक प्रकाश जवेगुले जानकारी दिए।

हत्या अभियोगमा विश्वकर्मालाई पक्राउ गरिएको छ भने प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

जेठ २१, २०८३ बिहीबार ०८:१६:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।