लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमाले र जसपाबाट पाँच नयाँ मन्त्री नियुक्त

लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठन: एमाले र जसपाबाट पाँच नयाँ मन्त्री नियुक्त

बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मन्त्रिपरिषद् पुनर्गठन गर्दै नयाँ कार्यविभाजन गरेका छन्। पुनर्गठित मन्त्रिपरिषद्अन्तर्गत एमालेबाट तुलसीप्रसाद चौधरीलाई कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई स्वास्थ्य मन्त्रालय, रत्नबहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा डिल्लीराज भुसाललाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ।

यस्तै, जसपाका भण्डारीलाल अहिरलाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ। अग्रवालको स्थानमा अहिरलाई मन्त्री नियुक्त गरिएको हो। नव नियुक्त मन्त्रीहरूको शपथग्रहण जेठ २५ गतेका लागि तोकिएको छ।

जेठ २०, २०८३ बुधबार २२:४३:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।