२३ समस्याग्रस्त सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सुचना दिन आग्रह

२३ समस्याग्रस्त सहकारीका सञ्चालकको नामावली सार्वजनिक, लुकाइएको सम्पत्तिबारे सुचना दिन आग्रह

काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले २३ वटा समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूको नामावली सार्वजनिक गरेको छ।

 समितिको गत जेठ ८ गतेको निर्णयअनुसार सहकारी संस्थाका सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको हो।

कार्यालयले सार्वजनिक गरेको सूचनामा विवरणमा कुनै फरक परे वा अद्यावधिक गर्नुपर्ने अवस्था भए सम्बन्धित पक्षलाई कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।

साथै, सार्वजनिक भएका सञ्चालकहरूले सहकारीको बचत रकम वा सम्पत्ति हिनामिना गरी परिवार, आफन्त वा अन्य व्यक्तिको नाममा सम्पत्ति लुकाएको जानकारी भए कार्यालयलाई सूचना दिन पनि अनुरोध गरिएको छ।

समितिले समस्याग्रस्त सहकारी संस्थाका सञ्चालकहरूलाई दायित्व फछ्र्योट, ऋण असुली तथा सम्पत्तिको पहिचान र व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेको छ। अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख गरिएको छ।

सार्वजनिक गरिएको विवरणमा विभिन्न समस्याग्रस्त सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष तथा सञ्चालक समितिका सदस्यहरूको नाम, ठेगाना र पारिवारिक विवरण समावेश गरिएको छ। 

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले बचतकर्ताको रकम फिर्ता, सम्पत्ति खोजी तथा दायित्व व्यवस्थापन प्रक्रियालाई प्रभावकारी बनाउन सञ्चालकहरूको विवरण सार्वजनिक गरिएको जनाएको छ।

जेठ २०, २०८३ बुधबार १२:४९:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।