लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

लुम्बिनीमा एमालेका ४ मन्त्रीले दिए राजीनामा

दाङ : लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्बाट एमालेका चार मन्त्रीले राजीनामा दिएका छन्।  

आज मुख्यमन्त्री चेतनारायण आचार्यसमक्ष सामूहिक रुपमा राजिनामा बुझाएको भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले बताए। 

मुख्यमन्त्रीसहित एमालेका पाँच मन्त्री रहेका थिए। तीमध्ये चार जनाले राजीनामा दिएका हुन्।

राजनीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकाल, सिँचाइमन्त्री सीता चौधरी, भूमि व्यवस्था तथा कृषिमन्त्री दिनेश पन्ती र स्वास्थ्यमन्त्री खेम सारु छन्।

जेठ २०, २०८३ बुधबार ११:३६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।