११ लाख नेपालीसहित विभिन्न देशका मुद्रा बोकेर मलेसिया उड्न लागेका एक जना विमानस्थलबाट पक्राउ

११ लाख नेपालीसहित विभिन्न देशका मुद्रा बोकेर मलेसिया उड्न लागेका एक जना विमानस्थलबाट पक्राउ

 काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाह्य मुलुकतर्फ लैजान लागिएको ठुलो परिमाणको विदेशी मुद्रासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको 'प्रस्थान होल्ड ब्यागेज चेकिङ एरिया'बाट सुनसरी गढी गाउँपालिका-१ का ५० वर्षीय कमल नारायण विश्वास सोमबार राति पक्राउ परेका हुन्।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बाटिक एयरको उडानमार्फत काठमाडौंबाट मलेसिया जान लागेका विश्वासको लगेज जाँच गर्ने क्रममा नेपाली ११ लाख रूपैयाँ, अमेरिकी डलर १४ हजार ८५०, जापानिज येन ४१ हजार, स्विस फ्रैङ्क १ हजार, मलेसियन रिङ्गिट २३ हजार ६३२, श्रीलङ्कन रूपी ७ हजार ७७०, पाकिस्तानी रूपी ३ हजार ५४० र ओमानी रियाल २ हजार ९७० फेला पारी पक्राउ गरेको हो । 

पक्राउ परेका विश्वासलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ललितपुरको हरिहरभवनस्थित राजश्व अनुसन्धान विभाग पठाइएको प्रहरीले जनाएको छ।

जेठ २०, २०८३ बुधबार १०:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।