भूकम्पले भत्किएको विद्यालयलाई सिद्धार्थ बैंकको सहारा

भूकम्पले भत्किएको विद्यालयलाई सिद्धार्थ बैंकको सहारा

काठमाडौं : सिद्धार्थ बैंकले रुकुम पश्चिमको सानीभेरी गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरेको छ। 

२०८० साल कात्तिक १७ गतेको भूकम्पबाट क्षतिग्रस्त भएको उक्त विद्यालय भवनलाई बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत पुनर्निर्माण गरिदिएको हो।

सोमबार आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशवर प्रसाद बस्यालले नवनिर्मित भवनको उद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंसबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरे। 

बस्यालले विद्यालय भवनको पुनर्निर्माणले भूकम्पपछिको पुन:स्थापना र बालबालिकाको सुरक्षित भविष्य सुनिश्चित गर्न सहयोग पुग्ने बताए। उनले सुरक्षित शैक्षिक वातावरणले नै विद्यार्थीको सिकाइ प्रक्रिया प्रभावकारी हुने विश्वास व्यक्त गरे।

सिद्धार्थ बैंकले आगामी दिनमा पनि शिक्षा र सामाजिक विकासका क्षेत्रमा सहयोग जारी राख्ने नीति लिएको विज्ञप्तिमा उल्लेख छ।

जेठ १९, २०८३ मंगलबार १९:२५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।