करेन्ट लागेर रौतहटमा १२ वर्षीया बालिकाको मृत्यु

करेन्ट लागेर रौतहटमा १२ वर्षीया बालिकाको मृत्यु

रौतहट : रौतहटको देवाही गुनाही नगरपालिका–४ नदीपारि टोलमा करेन्ट लागेर १२ वर्षीया बालिकाको मृत्यु भएको छ।

स्थानीय बिजेन्द्र पटेलकी १२ वर्षीया छोरी वर्षाकुमारीको करेन्ट लागेर मृत्यु भएको हो।

प्रहरीका अनुसार आफ्नै घरको धारामा नुहाउने क्रममा पानी तान्ने मोटरबाट अचानक करेन्ट प्रवाह हुँदा बालिका गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि सुकदेव चोकस्थित नेपाल तराईसिटी अस्पताल पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक रोहितकुमार शर्मा बढइले घटनाको पुष्टि गर्दै शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौर पठाइएको जानकारी दिए।

घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

जेठ १९, २०८३ मंगलबार १८:३६:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।