मुस्ताङमा लेक लागेर ५ वर्षमा ५८ पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर ५ वर्षमा ५८ पर्यटकको मृत्यु

मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा पछिल्लो पाँच वर्षमा लेक लागेर ५८ जना पर्यटकको मृत्यु भएको छ।   

लेक लागेर मृत्यु हुनेमध्ये ६५ प्रतिशतभन्दा बढी भारतीय पर्यटक छन्। 

आर्थिक वर्ष २०७८/७९ देखि आव २०८२/८३ को जेठ १५ गतेसम्म लेक लागेर १६ नेपाली र ४२ विदेशी पर्यटकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको अभिलेखमा उल्लेख छ।

प्रहरीको तथ्याङ्कअनुसार पछिल्लो पाँच वर्षको सुरुआती वर्ष मुस्ताङमा लेक लागेर आव २०७८/७९ मा छ जना, आव २०७९/८० मा १२ जना, आव २०८०/८१ मा १४ जना, आव २०८१/८२ मा १३ जना र चालु आव २०८२/८३ को जेठ १५ सम्म १३ जना गरी ५८ जना पर्यटकले ज्यान गुमाएका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए। 

उच्च हिमाली क्षेत्रतर्फ उकालो उक्लँदै गर्दा अक्सिजनको मात्रा कम हुँदै जाने र सोही कारणले 'हाई एल्टिट्युड' वा लेक लाग्ने समस्या भई पर्यटकहरूले ज्यान गुमाउने गरेका छन्।

जेठ १९, २०८३ मंगलबार १७:१२:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।