रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनीत

रास्वपाको केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा केसी मनोनीत

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय निर्वाचन आयोगको प्रमुखमा भुवन केसी (काठमाडौं)लाई मनोनयन गरेको छ।

रास्वपाको सोमबार बसेको सचिवालय बैठकले काठमाडौं, टोखाका केसीलाई केन्द्रीय निर्वाचन आयोगको प्रमुख पदमा मनोनीत गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले केसीले पार्टीको विधान, नीति र सिद्धान्त तथा आयोगको नियमावली तथा कार्यविधिबमोजिम आफ्नो पदीय जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नेमा विश्वास व्यक्त गरे। 

जेठ १९, २०८३ मंगलबार १३:५९:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।