चौबीस घण्टामा २ हजार बढी चालक कारबाहीमा, २७ लाखभन्दा बढी राजस्व सङ्कलन

चौबीस घण्टामा २ हजार बढी चालक कारबाहीमा, २७ लाखभन्दा बढी राजस्व सङ्कलन

काठमाडौं : काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूमाथि गरिएको कारबाहीबाट पछिल्लो २४ घण्टामा २७ लाखभन्दा बढी राजस्व सङ्कलन भएको छ। 

उपत्यकाका विभिन्न स्थानमा नियम मिच्ने कुल २ हजार ९३ जना सवारीचालक कारबाहीमा परेसँगै राज्यकोषमा २७ लाख ३६ हजार ५०१ राजस्व सङ्कलन भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९२, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६९,  सङ्केत बत्ती उल्लङ्घनकर्ता १४१ र तीव्र गतिमा सवारीसाधन कुदाएका १०१ जनालाई कारबाही गरिएको हो। 

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने ९२, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने १०५, एकतर्फी सडकमा सवारी चलाउने १२९ र अन्य सवारी नियम पालना नगरेका एक हजार ९८२ गरी कूल दुई हजार ९३ जनालाई कारबाही गरिएको हो।

जेठ १९, २०८३ मंगलबार ११:०६:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।