सल्यानका विभिन्न सामुदायिक वनबाट आठ थान भरुवा बन्दुक बरामद
सुर्खेत : सल्यानका विभिन्न सामुदायिक वनहरूबाट प्रहरीले एक हप्ताको अवधिमा आठ थान बेवारिसे भरुवा बन्दुक बरामद गरेको छ।
वन्यजन्तुको अवैध चोरीसिकारीका लागि सिकारीहरूले यी हतियारहरू जङ्गलमा लुकाएर राखेको हुन सक्ने प्रहरीको अनुमान छ।
जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी एवं प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार विभिन्न मितिमा चलाइएको खोजी अभियानका क्रममा ती बन्दुकहरू फेला परेका हुन्।
बन्गाड कुपिण्डे नगरपालिका–१२ चौरस्थित सिद्धगुफा सामुदायिक वनबाट तीन, बस्नेउरा सामुदायिक वनबाट तीन र त्रिवेणी गाउँपालिका–५ डाँडासल्ले सामुदायिक वनबाट दुई गरी प्रहरीले आठ थान भरुवा बन्दुक बरामद गरेको सूचना अधिकारी भट्टराईले बताए।
जेठ १९, २०८३ मंगलबार १०:४१:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।