मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्रीको अध्यक्षतामा आज मध्यान्ह १२ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार आज बस्ने बैठकमा नियमित प्रशासनिक कार्यसूची, मन्त्रालयगत प्रस्तावहरू र समसामयिक विषयमा छलफल हुनेछ।

बैठकमा हुने निर्णयहरू र छलफलका मुख्य विषयहरूबारे बैठक सम्पन्न भएपश्चात् आधिकारिक रूपमा जानकारी गराइने बताइएको छ।

जेठ १९, २०८३ मंगलबार ०९:०८:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।