प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

प्रधानमन्त्रीको अभिव्यक्तिबारे छलफल गर्न कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं : नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा मध्यान्ह १२ बजे विपक्षी दलहरूको बैठक बोलाएका  छन्।

बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार प्रतिनिधिसभाको बैठकमा ‘नेपालले पनि भारतको जग्गा मिचेको रहेछ’ भन्ने अभिव्यक्ति दिएपछि उत्पन्न परिस्थितिबारे छलफल हुने उनको सचिवालयले बताएको छ।

नेता आङ्देम्बेले बैठकमा एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेताहरूलाई बोलाएका हुन्।

दिउँसो १ बजे प्रतिनिधिसभा र सवा १ बजे राष्ट्रियसभाको बैठक आह्वान भएको छ। त्यसअघि प्रमुख विपक्षी दलले सबै विपक्षी दललाई बोलाएर बैठक गर्न लागेको हो।

जेठ १८, २०८३ सोमबार ११:५४:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।