अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्राको ‘अफसोर बन्ड’ जारी गरिने

अन्तर्राष्ट्रिय बजारमा नेपाली मुद्राको ‘अफसोर बन्ड’ जारी गरिने

काठमाडौं : सरकारले अन्तर्राष्ट्रिय पुँजी बजारबाट स्रोत जुटाउन नेपाली मुद्रामै ‘अफसोर बन्ड’ जारी गर्ने नीति अघि सारेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै नेपाली मुद्राको पहिचान र लगानी विस्तारका लागि यस्तो बन्ड शीघ्र जारी गरिने घोषणा गरे।

बजेटमार्फत सरकारले जलवायु परिवर्तनको जोखिम न्यूनीकरण र हरित विकासका लागि ‘स्वच्छ ऊर्जा बन्ड’ तथा विदेशमा रहेका नेपालीहरूको लगानी भित्र्याउन ‘डायसपोरा बन्ड’ जारी गर्ने योजना अघि सारिएको छ। उपलब्ध जलवायु वित्तलाई अधिकतम उपयोग गर्ने लक्ष्यका साथ राखिएको अर्थमन्त्रीले बताए। 

यसैगरी, मुलुकमा हाल कायम रहेको सुविधाजनक वैदेशिक मुद्रा सञ्चितिलाई उत्पादनमूलक क्षेत्रमा परिचालन गर्ने नयाँ नीति लिइएको छ। “हाल वैदेशिक मुद्राको सञ्चिति उत्साहजनक रहेको अवस्थामा यसको केही प्रतिशत रकम ‘सोभरेन वेल्थ फन्ड’का रूपमा परिचालन गर्ने नीति लिइनेछ,” अर्थमन्त्री वाग्लेले भने।

जेठ १५, २०८३ शुक्रबार १६:४३:५५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।