सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको सुनुवाइ जारी
काठमाडौं : मुस्लिम समुदायको पर्व बकर इद, गणतन्त्र दिवस तथा साप्ताहिक बिदाका कारण आज जेठ १४ गतेदेखि आगामी जेठ १७ गते आइतबारसम्म सर्वोच्च अदालत बन्द रहने भएको छ।
नियमित कामकाज बन्द रहे तापनि बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ गर्ने प्रयोजनका लागि भने आज जेठ १४ र भोलि जेठ १५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सर्वोच्च अदालतको इजलास खुला रहने अदालत प्रशासनले जनाएको छ।
आज जेठ १४ गते दिउँसोको १ बज्न लागेको यो समयमा बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ सम्बन्धी सेवा सुचारु रहेको छ।
आज जेठ १४ गते बुधबार मुस्लिम धर्मावलम्बीहरूको महान् पर्व बकर इद परेकाले सरकारले सार्वजनिक बिदा दिएको हुँदा अदालत लगायत अन्य सरकारी कार्यालयहरू पनि बन्द रहेका छन्।
यस्तै, भोलि जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा तोकिएको छ। जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार सरकारले तोकेको साप्ताहिक बिदा परेकाले लगातार चार दिन अदालत बन्द रहने भएको हो।
यी बिदाहरू सकिएपछि आगामी जेठ १८ गतेदेखि मात्र सर्वोच्च अदालत लगायतका अन्य सरकारी कार्यालयहरू नियमित रूपमा खुल्ने छन्।
जेठ १४, २०८३ बिहीबार १२:२५:३९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।