सांसद शेर्पाद्वारा सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहण
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गरेका छन्।
उनले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गरेका हुन्।
सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौं दिनमा सगरमाथाको सफल आरोहण गरेको जानकारी दिएका हुन्।
‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गरेका थिए। उनले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पुर्याउने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गरेका छन्।
जेठ १४, २०८३ बिहीबार ०८:३५:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।