राष्ट्रियसभाबाट दुई विधेयक स्वीकृत
काठमाडौं : राष्ट्रियसभाको बैठकले निर्वाचनसँग सम्बन्धित दुई विधेयकहरू सर्वसम्मतिले स्वीकृत गरेको छ।
बैठकमा प्रस्तुत ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावहरू सर्वसम्मतिबाट स्वीकृत भएका हुन् ।
ती दुई विधेयक प्रधानमन्त्री एवं गृहमन्त्री वालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले सभामा प्रस्तुत गरेकी थिइन्।
सो विधेयकमाथिको सैद्धान्तिक छलफलमा सांसद सुरेशकुमार आले मगर, पदमबहादुर परियार र खम्बबहादुर खातीले भाग लिएका थिए।
छलफलमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गौतमले अपाङ्गता भएका व्यक्ति र पिछडिएका क्षेत्रको विषयमा सरकार गम्भीर रहेको उल्लेख गरीन्।
राष्ट्रियसभाको अर्को बैठक जेठ १५ गते अपराह्न ५:४५ बस्नेछ।
जेठ १३, २०८३ बुधबार १७:०७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।