एमाले र नेकपा सहभागी भएसँगै मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
जनकपुर : मधेश प्रदेश सरकारमा एमाले र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सहभागी भएसँगै मन्त्रिपरिषद् विस्तार गरिएको छ। मंगलबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।
विस्तार भएको मन्त्रिपरिषद्मा युवराज भट्टराईलाई अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने लखनदास तत्मालाई खेलकुद तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी दिइएको छ।
त्यस्तै, शारदादेवी थापालाई श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी दिएको छ भने मनोज कुमार सिंहलाई शिक्षा तथा संस्कृति मन्त्रालयको जिम्मेवारी दिइएको छ।
नागेन्द्र शाहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी दिइएको छ भने विना विभागीय मन्त्रीको रूपमा रहेका मोहम्मद समीरलाई भौतिक तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ।
जेठ १२, २०८३ मंगलबार २१:१७:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।