लुम्बिनी प्रदेश सभामा थारु समुदायको प्रथाजनित विधेयक पेश
बुटवल : लुम्बिनी प्रदेश सभा बैठकमा ‘थारु समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेश गरिएको छ। सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभा समक्ष प्रस्तुत गरेका हुन्।
प्रदेशमा थारु समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका सामूहिक प्रथाजनित कविला गण संरचना, संगठन, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा थारु समुदायको जनसंख्या १८ लाख ७ हजार १२४ अर्थात् कुल जनसंख्याको ६.२ प्रतिशत रहेको छ। लुम्बिनी प्रदेशमा मात्रै थारु समुदायको जनसंख्या ७ लाख ३२ हजार ६९ अर्थात् १४.३ प्रतिशत रहेको तथ्यांक छ। दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रुपन्देही र नवलपरासी जिल्लामा थारु समुदायको उल्लेख्य बसोबास रहेको छ।
जेठ १२, २०८३ मंगलबार १७:२७:४० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।