हेटौँडामा श्रीमान्को कुटपिटबाट श्रीमतीको मृत्यु
बागमती : मकवानपुरमा श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु भएको छ।
हेटौँडा उपमहानगरपालिका–१ चौकीटोल तरकारी मण्डीमा डेरा गरी बस्ने ४५ वर्षीय रामलाल ब्लोनले आज बिहान घरायसी विवादका क्रममा आफ्नै श्रीमतीमाथि कुटपिट गरेका थिए। श्रीमान्को कुटपिटबाट ४२ वर्षीया ओमकुमारी भुजेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधव काफ्लेले जानकारी दिए।
श्रीमान्को कुटपिटबाट गम्भीर घाइते भएकी भुजेललाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन्।
जेठ १२, २०८३ मंगलबार १६:५१:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।