संविधान संशोधनको बहस सत्ताकेन्द्रीत भएको कांग्रेसको आरोप, भन्यो- ‘पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्छ’

संविधान संशोधनको बहस सत्ताकेन्द्रीत भएको कांग्रेसको आरोप, भन्यो- ‘पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्छ’

काठमाडौं : नेपाली कांग्रेसका नेता एवं सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको बहसलाई सरकारी कार्यदलमा मात्र सीमित नराखी पूर्वप्रधानन्यायाधीशको संयोजनमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न माग गरेका छन्।

प्रतिनिधि सभाको बैठकमा आफ्नो धारणा राख्दै उनले  यस्तो प्रस्ताव गरेका हुन्।

नेता केसीले प्रस्तावित आयोगमा संविधानविद्, राजनीतिक दल, प्रशासन विज्ञ र नागरिक समाजका प्रतिनिधिहरूलाई समेट्नुपर्ने र उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन आयोजना गर्नुपर्ने बताए।

मुलुकको राष्ट्रिय जटिलता, वैश्विक द्वन्द्व र सामाजिक ध्रुवीकरणको वर्तमान अवस्थामा सत्ता वरिपरि केन्द्रित बहसले मात्र संविधान संशोधन सफल हुन नसक्ने उनको तर्क छ।

‘सत्ता वरिपरि केन्द्रित बहसले मात्र संशोधन सफल हुँदैन,’ संसद्मा आफ्नो धारणा राख्दै नेता केसीले भने, ‘वृहत् राष्ट्रिय संवादबाट मात्र यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ। यसले मुलुकमा दीर्घकालीन स्थिरता, लोकतान्त्रिक विश्वास तथा राष्ट्रिय एकता र मेलमिलापको बलियो आधार तय गर्नेछ।’

जेठ १२, २०८३ मंगलबार १३:०७:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।