सांसद आरेन राईले सोधे- जीबी राई कहिले पक्राउ पर्छन्?
काठमाडौं : श्रम संस्कृति पार्टीका सांसद आरेन राईले सहकारी ठगी प्रकरणका मुख्य अभियुक्त जीबी राई कहिले पक्राउ पर्छन् भन्दै सरकारलाई प्रश्न गरेका छन्।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद राईले फरार रहेका राईको पक्राउ प्रक्रियाबारे सरकारको ध्यानाकर्षण गराएका हुन्।
बैठकमा बोल्दै उनले सहकारी पीडितहरूको बचत फिर्ता गर्ने विषयमा पनि प्रश्न उठाए। सांसद राईले सहकारी पीडितहरूको रकम सरकारी कोषबाट दिन खोजिएको हो कि होइन भन्दै सरकारको स्पष्ट धारणा माग गरे।
यसैगरी, सांसद राईले ग्रामीण क्षेत्रका किसानहरूले भोग्दै आएको बाँदरको समस्याप्रति पनि संसद्को ध्यानाकर्षण गराए।
उनले गाउँघरमा बाँदरको आतङ्क बढेको उल्लेख गर्दै ‘गाउँघरमा बाँदर व्यवस्थापन कहिले हुन्छ?’ भनी सरकारलाई प्रश्न गरे।
जेठ १२, २०८३ मंगलबार १२:५०:२५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।