एन आई सी एशिया बैंकद्वारा सुर्खेतको एक विद्यालयलाई खानेपानी ट्याङ्की र मोटर सहयोग
सुर्खेत : एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुर्खेतको वीरेन्द्रनगरस्थित एक सामुदायिक विद्यालयमा खानेपानी व्यवस्थापनका लागि सहयोग प्रदान गरेको छ।
बैंकले वीरेन्द्रनगर नगरपालिका-१, धारापानीमा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा पानी ट्याङ्की तथा मोटर जडान गरी हस्तान्तरण गरेको हो।
विद्यालयमा स्वच्छ खानेपानीको व्यवस्थापन गरी सहज शैक्षिक तथा स्वास्थ्य अनुकूल वातावरण सिर्जना गर्ने उद्देश्यका साथ सो सामग्रीहरू जडान गरिएको बैंकले जनाएको छ।
जेठ ८ गते आयोजित एक कार्यक्रमका बीच बैंकका कर्णाली सर्कल हेड जीवन शाहीले विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष सुशिला सुनारलाई उक्त पानी ट्याङ्की तथा मोटर हस्तान्तरण गरेका थिए।
१६७ भन्दा बढी विद्यार्थीहरू अध्ययनरत यस विद्यालयमा गरिएको उक्त सहयोग हस्तान्तरण कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष दिनेश खत्री, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि, शिक्षक, विद्यार्थी तथा बैंकका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
बैंकले उपलब्ध गराएको यस सहयोगले विद्यालयमा स्वच्छ खानेपानीको आपूर्तिलाई थप प्रभावकारी बनाउनुका साथै विद्यार्थी र शिक्षकहरूको स्वास्थ्य तथा शैक्षिक वातावरणमा सहजता ल्याउने विश्वास बैंकले व्यक्त गरेको छ।
जेठ १२, २०८३ मंगलबार १०:२४:२७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।