काठमाडौंमा मे २९ देखि ‘हिमालयन लिटरेचर फेस्टिभल’ आयोजना हुने
काठमाडौं : ‘हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६’ को आगामी संस्करण आगामी मे २९ देखि जुन ५ सम्म काठमाडौंमा आयोजना हुने भएको छ।
एनसेल फाउन्डेसनको सहकार्यमा आयोजना हुन लागेको यो आठदिने अन्तर्राष्ट्रिय साहित्यिक महोत्सव नेपाली साहित्यका धरोहर गुरुप्रसाद मैनालीको योगदानप्रति समर्पित रहनेछ।
‘हिलिङ, चेतना, सिर्जनशीलता र सांस्कृतिक संवाद’मा केन्द्रित रहने यस महोत्सवमा पुलित्जर पुरस्कार विजेता कवि ट्रेसी के. स्मिथ र पल मल्डुन, उपन्यासकार जीन ह्यान्फ कोरेलिट्ज र हिमाली कवि युयुत्सु शर्मासहित नेपाल, भारत, आयरल्यान्ड, पोल्यान्ड र संयुक्त राज्य अमेरिकालगायत विभिन्न देशका विशिष्ट साहित्यिक स्रष्टाहरूको सहभागिता रहनेछ।
महोत्सवका क्रममा साहित्यिक कार्यशाला, कविता वाचन, अन्तरक्रियात्मक सत्र, चलचित्र प्रदर्शन र काठमाडौंका ऐतिहासिक एवं सांस्कृतिक सम्पदाहरूको भ्रमणलगायतका कार्यक्रमहरू सञ्चालन गरिने आयोजकले जनाएका छन्।
जेठ १२, २०८३ मंगलबार १०:१८:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।