सोमबार ११ जेठ, २०८३
लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदै
बुटवल : लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम आज प्रस्तुत गर्दैछ।
प्रदेश सभाको दिउँसो १ बजे बस्ने बैठकमा प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
सरकारले आगामी वर्षको नीति तथा कार्यक्रममा विकास, सुशासन, उत्पादन, रोजगारी, कृषि, पर्यटन र पूर्वाधार विकास लगायतका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेको जनाएको छ।
जेठ ११, २०८३ सोमबार ०७:१५:१७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।