मधेस सरकारबाट जनमत र जसपा नेपाल आउट, एमाले इन

मधेस सरकारबाट जनमत र जसपा नेपाल आउट, एमाले इन

काठमाडौं : मधेस प्रदेश सरकारबाट जसपा नेपाल र जनमत पार्टी बाहिरिएका छन् भने एमाले भित्रिएको छ। बिहीबार भएको सत्ता समीकरणमा नेपाली कांग्रेस, एमाले, र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गठबन्धन गरेका छन्।

यसअघि सरकारलाई समर्थन गरेको जसपा नेपाल र जनमत पार्टी  भने सरकारबाट बाहिरिएका छन्। सत्ता समीकरणका दल बदलिए पनि मुख्यमन्त्रीमा कांग्रेसकै कृष्णप्रसाद यादव छन्।

समीकरण बदलिएसँगै मुख्यमन्त्री कृष्णप्रसादले बिहीबार जसपाका मन्त्रीहरूलाई बर्खास्त गरेर एमालेका सांसद मोहम्मद समीरलाई बिना विभागीय मन्त्रीमा नियुक्त गरे। जसपा नेपालका तीन र जनमतका एक मन्त्री हटेका छन्।   भौतिक पूर्वाधार मन्त्री राजकुमार गुप्ता, शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा र श्रम तथा यातायात मन्त्री मनिष सुमन बर्खास्तमा परे।

जनमतमा सरकारलाई समर्थन गर्ने विषयमा विवाद भएपछि दुई मन्त्रीले यस अगाडि नै राजीनामा दिइसकेका छन् भने सरकारलाई दिएको समर्थन फिर्ताको निर्णय गरेका थिए। अर्थ मन्त्री रहेका जनमतका महेशप्रसाद यादवको मन्त्रालय मुख्यमन्त्री कृष्णप्रसादले राखेका छन्।

जेठ ७, २०८३ बिहीबार २३:३१:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।