गणेश पराजुलीले बोलेका यी शब्दहरू संसदको रेकर्डबाट हटाइयो

गणेश पराजुलीले बोलेका यी शब्दहरू संसदको रेकर्डबाट हटाइयो

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले प्रतिनिधि सभाको बैठमा बोलेका केही शब्दहरु संसदको रेकर्डबाट हटाइएको छ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले पराजुलीले गत वैशाख २९ गते सम्बोधनका क्रममा बोलेका केही शब्दहरु असंसदीय र अमर्यादित भएको भन्दै रेकर्डबाट हटाउन लगाएका हुन्।

उनले भने, ‘२०८३ वैशाख २९ गतेको बैठकमा गणेश पराजुलीले बोल्ने क्रममा ‘भरौटेहरु’ र ‘यहाँ लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो गरी’ भन्ने शब्दहरु सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

वैशाख २९ गते प्रतिनिधि सभाको बैठकका क्रममा सांसद गणेश पराजुलीले न्यायालय र न्यायाधीशहरुप्रति गरेको टिप्पणीपछि नेपाल बार एशोसियशनले सभामुख अर्यालले ध्यानाकर्षण पत्र बुझाएको थियो।

त्यसकारण बिहीबारको बैठकको आकस्मिक समयपछि सभामुखले सांसदहरुलाई संसदीय भाषा र शब्दको मात्र प्रयोग गर्न सुझाव दिँदै पराजुलीको शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका हुन्।

वैशाख ३१, २०८३ बिहीबार ११:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।