प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौं : प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।
विपक्षी दलहरुले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थिति विना नीति तथा कार्यक्रममाथिको छलफल अगाडि बढ्न नसक्ने भन्दै नाराबाजी गरेर विरोध जनाएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन्।
बैठकमा कांग्रेस, एमालेसहित विपक्षी दलहरुले प्रधानमन्त्रीले नै नीति तथा कार्यक्रममाथिको छलफलको प्रस्ताव पेश गर्नुपर्ने र त्यसको जवाफ दिनुपर्ने माग गरेका थिए।
तर सभामुख अर्याल र सत्तारुढ दलका प्रमुख सचेत विपिन आचार्यले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीको तोकेका मन्त्रीले कामकारबाही गर्नसक्ने भन्दै नियमावलीको नियम ३८ देखाएका थिए।
त्यसपछि नेपाली कम्युनिष्ट पार्टीका सांसद युवराज दुलालले पाँच वर्षसम्म संसद बैठक नियमावलीको नियम ३८ अनुसार नै चल्ने हो भन्दै प्रश्न गरे।
त्यसै क्रममा कांग्रेस संसदीय दलका नेता भिष्मराज आङ्दाम्बेले १५ मिनेटका लागि बैठक स्थगित गरी छलफलपछि अगाडि बढ्न सुझाव दिएपछि सोही अनुसार बैठक स्थगित भएको हो।
वैशाख ३०, २०८३ बुधबार १३:२४:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।