विद्यार्थी संगठन खारेज नगर्न सरकारको नाममा अल्पकालीन आदेश

विद्यार्थी संगठन खारेज नगर्न सरकारको नाममा अल्पकालीन आदेश

काठमाडौं : विश्वविद्यालयमा विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णय विरुद्ध  सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ।

विद्यार्थी सङ्गठनहरू खारेज गर्ने निर्णय विरुद्ध परेको रिटको सुनवाइकोक्रममा सोमबार खारेज नगर्न सरकारको नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो। सरकारको निर्णय विरुद्ध आठ विद्यार्थी संगठनहरुले संयुक्तरुपमा सर्वोच्चमा रिट दायर गरेका थिए।

वैशाख २८, २०८३ सोमबार १५:०१:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।