सुशीला कार्कीले रिसाउँदै भनिन् : अब बालेनको श्रीमतीलाई आमा भन्नु

सुशीला कार्कीले रिसाउँदै भनिन् : अब बालेनको श्रीमतीलाई आमा भन्नु

काठमाडौं : जेनजी आन्दोलनपछि सरकारको नेतृत्वमा पुगेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई जेनजीको एक समूहले आमा भनेर सम्बोधन गर्न थाले। मुख्य गरेर सुधन गुरुङले सार्वजनिक रूपमै उनलाई आमा भन्थे भने कार्कीले पनि सार्वजनिक कार्यक्रममै सुधनलाई जेठो छोरा भनेर सम्बोधन गरेकी थिइन्। त्यसपछि केहीले उनलाई आमा नै भनेर सम्बोधन गर्ने गरेका थिए।

शनिवार उनलाई सञ्चारकर्मी दिवाकर साहले पनि आमा नै भनेर बोलाएर। तर रिसाउँदै उनले अब आमा फेरिएको भन्दै अब बालेनको श्रीमतीलाई आमा भन्न भनिन्। उनी शनिवार काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित कानुन दिवसको कार्यक्रममा सहभागी भएर फर्किँदै थिइन्। सो कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले सरकार अधिनायकवाद र निरङ्कुश बन्दै गरेको भन्दै न्यायाधीशहरूलाई दुई तिहाइ देखेर महाअभियोग लाग्छ भनेर नडराउन आग्रह गरेकी थिइन्।

मेरिटमा पहिलो नम्बरमा रहेकी मल्ललाई प्रधानन्यायाधीशमा सिफारिस नगरी चौथो नम्बरमा रहेकालाई सिफारिस गरेपछि सुशीला कार्की बालेनसँग रिसाएकी छिन्। उनले मिडियामा उनको तीव्र आलोचना गर्दै यो निर्णयबारे सरकारले भोग्नुपर्ने बताएकी छिन्।

शनिवार कार्यक्रम सकिएपछि बाहिरिनेक्रममा सञ्चारकर्मी साहले उनलाई आमा भनेर सम्बोधन गरेपछि कार्कीले झोक्किँदै ‘को ले आमा भनेको ?’ भनेर प्रश्न सोधेपछि साह माइक बोक्दै मैले भनेको भन्दै नजिक पुग्छन्। त्यसपछि कार्कीले उनलाई 'तिमीहरूको आमा नै फेरिइसक्यो' भन्दै आमा नभन्न भन्छिन्। उनले भनिन्"बालेनको श्रीमतीलाई आमा भन, अब।"

वैशाख २६, २०८३ शनिबार २१:१५:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।