कसको आँसु, कसको हासो ? : आफ्नै देशमा 'शरणार्थी' बनाइए १५ हजार नेपाली (भिडियो रिपोर्ट)

काठमाडौं : २०८३ वैशाख १२ गते। काठमाडौंको आकाश उघ्रिन नपाउँदै थापाथली र मनहराका बस्तीमा एउटा यस्तो तुफान आयो, जसले घर मात्रै होइन, हजारौँको बाँच्ने सहारा नै उडायो। प्रधानमन्त्री बालेन शाहको 'सहर सफाइ' अभियानको सिधा निशानामा परे- ती  न्यून आय भएकाहरु, जो वर्षौँदेखि यहाँ ओत लागिरहेका थिए। न कुनै पूर्व-चेतावनी, न सामान निकाल्ने समय।

यो कुनै सानो संख्या होइन। सरकारी तथ्याङ्क र स्थलगत विवरण अनुसार, यो अभियानमा १५ हजारभन्दा बढी नागरिक एकै पटक घरबारविहीन भएका छन्। 

वैशाख २६, २०८३ शनिबार १५:२६:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।