सुन तोलामा १३ सय र चाँदी १२० रुपैयाँले बढ्यो
काठमाडौं : नेपाली बजारमा सुन र चाँदीको मूल्य वृद्धि भएको छ।
बिहीबारको तुलनामा शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ हजार ३ सय रुपैयाँले बढेर ३ लाख रुपैयाँ नजिक पुगेको छ।
शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम भएको छ। बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ।
शुक्रबार चाँदीको मूल्य तोलामा १२० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ७५ रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ५ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो।
वैशाख २५, २०८३ शुक्रबार १०:५५:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।