सरकारले टहराबाट हटाउँदा 'गद्गद्' भएका अनुहार अनि 'सुविधा सम्पन्न' होल्डिङ सेन्टरका दृश्य
काठमाडौं : सरकारी संयन्त्रबाट जारी भएका सन्देशहरू पढ्दा लाग्न सुरक्षाकर्मीको घेरा हालेर सुकुमबासी बस्तीहरूबाट हटाइएकाहरू बिछट्टै खुसी छन्। सरकारी संयन्त्रका ह्वाट्सएपमा खस्ने सन्देशहरूका शब्द पढ्दा लाग्छ खोला किनारमा रहेको घर र टहरा छाड्दा उनीहरू गद्गद् छन्।
अनि यो चिसो मौसममा सरकारले उनीहरूलाई सुविधा नै नभएको ती टहराहरूबाट उठाएर अहिले निकै सुविधा सम्पन्न होल्डिङ सेन्टरहरूमा लगेर राखेको छ।
सुकुमबासी बस्तीमा रहँदा बिहान खाए, बेलुका के खाने अनि बेलुका खाए बिहान के खाने चिन्तामा रहेकाहरूलाई अहिले खानाको कुनै सुर्ता छैन। नापेर प्लास्टिकमा पोको पारेर सरकारले दिने स्वादिष्ट भोजन पाइरहेकै छन्।
विध्यार्थीहरुलाई पढाइको कुनै सुर्ता छैन। मनग्गे खेल्न पाएका छन्। सुत्केरीका लागि भूकम्पको बेलामा राहतमा चीनले दिएको निलो चिसा टेन्टको टन्न सुविधा दिएको देखियो।
उकेराकर्मीहरू शुक्रवार होल्डिङ सेन्टर, सरकारले डोजर चलाइरहेको बल्खु क्षेत्र अनि नाम दर्ता गर्न लाइनमा रहेकाहरू भेट्दा सरकारी संयन्त्र, सरकारकी समर्थक अनि ह्वाट्सएप ग्रुपहरूमा झरेका सन्देश र गरेका दाबी जस्तै माहोल देखियो त ?




वैशाख १८, २०८३ शुक्रबार २१:०५:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।