थापाथली बस्तीबाट यसरी सामान सार्दैछन् सुकुम्बासी (फोटो फिचर)
काठमाडौं : थापाथलीस्थित बागमती किनारको सुकुम्बासी बस्तीमा शुक्रबार बिहानैदेखि एउटा चटारो छ।
सरकारले बस्ती खाली गराउने तयारी गरेसँगै उनीहरू सामान पोको पार्न व्यस्त छन्। कोही गाडीमा दराज र ओछ्यान लोड गरिरहेका छन् भने कोही कुम्लोकुटुरो बोकेर मलिन अनुहारमा बस्तीबाट बाहिरिँदै छन्।

बस्तीमा केही गाडीहरू सामान लैजान गाडीहरू लामबद्ध छन्। जसमा पुराना फर्निचर, ओछ्यान र भान्साका भाँडाकुँडा खाँदिएका छन्। सुकुम्बासीहरू आफ्नो सामान सुरक्षित स्थानमा लैजाँदै गर्दा पछाडि फर्किएर आफ्ना भत्किन लागेका टहराहरू हेरिरहेका छन्।

घरभित्र अटाएका सामानहरू अहिले सडकमा थुप्रिएका छन्। बालबालिकाका खेलौनादेखि वृद्धवृद्धाका लौरोसम्म सडकमा छरपस्ट छन्।

सामान सारिएपछि रित्ता भएका केही टहराहरू। कहिले डोजर चल्ने हो भन्ने त्रासमा रहेका स्थानीयहरू रित्तो घर हेर्दै टोलाइरहेका छन्।







वैशाख ११, २०८३ शुक्रबार १३:१५:५४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।