शाओमीको 'रेडमी बड्स ८ एक्टिभ' नेपालमा सार्वजनिक, मूल्य कति?

शाओमीको 'रेडमी बड्स ८ एक्टिभ' नेपालमा सार्वजनिक, मूल्य कति?

काठमाडौं : प्रविधि कम्पनी शाओमीले नेपाली बजारमा आफ्नो नयाँ इयरबड्स 'रेडमी बड्स ८ एक्टिभ' सार्वजनिक गरेको छ।

दैनिक प्रयोगलाई ध्यानमा राखेर निर्माण गरिएको यो इयरबड्स सानो, हल्का र लगाउन निकै आरामदायी रहेको कम्पनीले जनाएको छ।

एकपटक फुल चार्ज गर्दा इयरबड्सले ७ घण्टा र चार्जिङ केससहित कुल ३७ घण्टासम्मको ब्याट्री ब्याकअप दिने कम्पनीको दाबी छ। यसमा १० मिनेट चार्ज गर्दा २ घण्टासम्म प्रयोग गर्न मिल्ने 'फास्ट चार्जिङ' सुविधा छ।

कम्पनीका अनुसार यसमा स्पष्ट ध्वनिका लागि यसमा ठूलो 'टाइटानियम ड्राइभर' प्रयोग गरिएको छ। त्यस्तै, डुअल माइक्रोफोन र 'एआई' प्रविधिको सहायताले यसले बाहिरी र हावाको आवाजलाई कम गरी कललाई स्पष्ट बनाउँछ।

'गुगल फास्ट पेयर' सपोर्ट गर्ने यो बड्स एकैपटक दुईवटा डिभाइसमा कनेक्ट गर्न सकिन्छ भने पानी र धुलोबाट सुरक्षित भएकाले व्यायाम गर्दा वा यात्रामा यसको प्रयोग सहज हुने कम्पनीले जनाएको छ।

कालो र सेतो गरी दुईवटा रङमा उपलब्ध यस 'रेडमी बड्स ८ एक्टिभ' को नेपाली बजार मूल्य ४ हजार ४९९ रुपैयाँ तोकिएको छ।

वैशाख ११, २०८३ शुक्रबार ०९:३७:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।