कालीमाटीमा सिताके च्याउ प्रतिकिलो एक हजार, केरा दर्जनकै साढे दुई सय!

कालीमाटीमा सिताके च्याउ प्रतिकिलो एक हजार, केरा दर्जनकै साढे दुई सय!

काठमाडौं : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।

सार्वजनिक विवरणअनुसार भान्सामा दैनिक प्रयोग हुने आलु, प्याज जस्ता तरकारीको मूल्य सामान्य र सस्तो रहे पनि केही च्याउ, फलफूल र मौसमी तरकारीको मूल्य भने अस्वभाविक रूपमा महँगो देखिएको छ।

आज बजारमा सबैभन्दा महँगो कृषिउपजको रूपमा सिताके च्याउ र सुकेको माछा रहेको छ। यी दुवैको थोक मूल्य प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।

त्यसैगरी, स्वास्थ्यवर्द्धक मानिने एभोकाडोको मूल्य प्रतिकिलो ८०० रुपैयाँ पुगेको छ भने पिरो पारखीहरूको रोजाइमा पर्ने अकबरे खुर्सानी प्रतिकिलो ५०० रुपैयाँमा कारोबार भइरहेको छ।

फलफूलतर्फ केराको मूल्यले उपभोक्तालाई झस्काउने अवस्था छ। केराको थोक मूल्य नै प्रतिदर्जन २५० रुपैयाँ पुगेको छ। त्यस्तै, गर्मी मौसममा अत्यावश्यक मानिने कागती प्रतिकिलो २९० रुपैयाँ र कुरिलो प्रतिकिलो ४५० रुपैयाँ कायम भएको छ।

महँगीको मारका बीच दैनिक नभई नहुने आलु र प्याजको मूल्य भने केही सस्तो छ। रातो आलु (स्वदेशी र भारतीय दुवै) प्रतिकिलो २५ रुपैयाँ मात्र छ भने सुकेको भारतीय प्याजको मूल्य प्रतिकिलो ३५ रुपैयाँ कायम भएको छ।

कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीमा)
गोलभेँडा: ठूलो (भारतीय) ८० रु., सानो (लोकल/भारतीय) ५५ रु., सानो (तराई) ६५ रु.
काउली र बन्दा: काउली ३५-४० रु., बन्दा ३५-५० रु.
सागपात: रायो ५० रु., पालुङ्गो १०० रु., चमसुर ८० रु., तोरीसाग ४० रु., जिरीको साग ८० रु.
लहरे तथा अन्य तरकारी: बोडी ५० रु., मटरकोसा ७० रु., घिउ सिमी ३०-३५ रु., तीते करेला ७० रु., लौका २० रु., परवर ८० रु., भिन्डी ७० रु., फर्सी २५-६० रु., भन्टा ५०-६० रु.
डल्ले च्याउ ३५० रु., राजा च्याउ ३०० रु., कन्य च्याउ २५० रु.
कोइरालाको फूल ३०० रु., तामा १५० रु., गुन्द्रुक २५० रु.
स्याउ (झोले) २५० रु., स्याउ (फुजी) ३०० रु.
अनार ४०० रु., अङ्गुर हरियो २४० रु., अङ्गुर कालो ३८० रु.
तरबुजा ४५ रु., भुइँकटहर प्रतिगोटा २५० रु., मेवा ८०-९० रु.
किवी ४५० रु., नासपाती २५० रु.
अदुवा १०० रु., सुकेको लसुन १३०-२०० रु., सुकेको खुर्सानी ४५० रु., हरियो खुर्सानी ९० रु.
ताजा माछा (रहु/बचुवा/छडी): ३०० देखि ३४० रु. प्रतिकिलो।

वैशाख ११, २०८३ शुक्रबार ०८:०५:१७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।