बाजुरामा जनप्रतिनिधिको मृत्यु
बाजुरा : जिल्लाको खप्तड छेडेदह गाउँपालिका-६ का वडाध्यक्ष हर्कबहादुर विष्टको ५० वर्षको उमेरमा गएराति मृत्यु भएको छ।
२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्ष पदमा निर्वाचित विष्ट टाउकाको ‘क्यान्सर’बाट पीडित थिए।
समाजसेवी समेत रहेका वडाध्यक्ष विष्टको मृत्युपछि गाउँपालिकाले एकदिन शोक बिदा दिने र आधा झण्डा झुकाउने गाउँपालिकाका अध्यक्ष दिलबहादुर रावतले बताए।
वैशाख १०, २०८३ बिहीबार ०७:५५:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।