कजारिया टायल्सको नयाँ शोरुम इमाडोलमा

कजारिया टायल्सको नयाँ शोरुम इमाडोलमा

ललितपुर : सिरेमिक तथा भिट्रिफाइड टायल्सको अग्रणी ब्रान्ड ‘कजारिया रमेश टायल्स’ले ललितपुरको इमाडोलस्थित रातामकै चोकमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ।

छाया हार्डवेयर एण्ड कन्स्ट्रक्सन प्रा. लि.सँगको सहकार्यमा खुलेको उक्त शोरुमको कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारी र मिस नेपाल कोस्मो २०२५ दीपशिखा नेपालले संयुक्त रूपमा उद्घाटन गरे।

आधुनिक डिजाइन र उच्च गुणस्तरका टायल्स उपलब्ध गराउने उद्देश्यले खोलिएको यो शोरुमले ललितपुरका ग्राहकलाई थप सुविधा पुर्याउने कम्पनीले जनाएको छ।

हाल कजारियाले नेपालभर १०० भन्दा बढी शोरुममार्फत आफ्ना सेवा विस्तार गरिसकेको छ।

वैशाख ८, २०८३ मंगलबार ११:०६:४६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।