विश्वविद्यालयबाट दलीय संगठनका संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

विश्वविद्यालयबाट दलीय संगठनका संरचना हटाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री बालेन्द्र शाह 'बालेन'ले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउन निर्देशन दिएका छन्।

सोमबार विश्वविद्यालय र प्रतिष्ठानहरूका उपकुलपतिहरूसँग भएको छलफलका क्रममा उनले उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन्।

"प्रधानमन्त्री वालेन्द्र शाहले विश्वविद्यालय र स्वास्थ्य शैक्षिक संस्थाहरूमा रहेका दलीय विद्यार्थी तथा कर्मचारी संगठनका संरचनाहरू तत्काल हटाउने निर्णय कुनै पनि हालतमा कार्यान्वयन गर्न उपकुलपतिहरूलाई आज निर्देशन दिनुभएको छ," प्रधानमन्त्री बालेनकी प्रेस विज्ञ दिपा दाहालले भनिन्।

छलफलमा उपकुलपतिहरूले जेनजी आन्दोलन र चुनावपछि विद्यार्थीको राजनीतिक गतिविधि सुस्त भएको जानकारी गराए। उनीहरूले यस्ता संगठनहरू हटाउन पहल भइरहेको समेत बताए।

प्रधानमन्त्री बालेनले अस्पताल, क्याम्पस र विद्यालयजस्ता पवित्र ठाउँमा कुनै पनि दलको झण्डा, प्रभाव वा संगठन राख्न नदिइने बताए। उनले राजनीति नै गर्ने भए पेसागत जिम्मेवारीबाट अलग भएर पूर्ण रूपमा राजनीतिमा लाग्न सुझाव समेत दिए। 

वैशाख ७, २०८३ सोमबार १८:०१:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।