वैशाख १५ बाट पार्टीको जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

वैशाख १५ बाट पार्टीको जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौं : पहिलो महाधिवेशन केन्द्रित हुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ।

आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता मनिष झाले जानकारी दिए।

आइतबार बसेको बैठकले सोमबार केन्द्रीय समिति बैठक राखेर सचिवालय बैठकका एजेन्डा अनुमोदन गर्ने कार्यसूची तय भएको छ।

रास्वपा स्थापनाकालदेखि पार्टीको महाधिवेशन भएको छैन। पटक पटक महाधिवेशन तोकिए पनि स्थगित हुँदै आएको छ।

वैशाख ६, २०८३ आइतबार १७:३२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।