रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ। पार्टी प्रवक्ता मनिष झाले सोमबार अपराह्न ३ बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने जानकारी दिए।

पार्टी सभापति रवि लामिछानेको निर्देशानुसार बैठकमा अनिवार्य उपस्थितिका लागि सबैलाई अनुरोध गरिएको उनले बताए। यस्तै, रास्वपा सचिवालय बैठक आइतबार अपराह्न साढे ३ बजे बस्दैछ। 

बैठकले केन्द्रीय समिति बैठकका ‘एजेण्डा’ तय गर्ने जनाइएको छ। बैठकमा प्रतिनिधिसभा सदस्यको संगठनात्मक जिम्मेवारी र संसदीय दलको लागि प्राविधिक सहायता एवं ‘लेवी’लगायत विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए। 

बैठकमा जिल्ला अधिवेशन कार्यविधि, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागको मनोनयन, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत विषयमा समेत छलफल हुने उनले बताए।

वैशाख ६, २०८३ आइतबार १४:००:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।