रास्वपाले बोलायो सचिवालय बैठक, यस्ता छन् एजेन्डा
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आइतबार लागि पार्टी सचिवालयको बैठक बोलाएका छन्। वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा अपराह्न साढे तीन बजे बस्नेगरि बैठक बोलाइएको हो।
बैठकमा पार्टीको आगामी महाधिवेशनको तयारी लगायतका विषयमा छलफल हुने कार्यसूची रहेको प्रवक्ता मनिष झाले जानकारी दिए। उनका अनुसार जिल्ला अधिवेशन कार्यविधि २०८३ र महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनका सम्बन्धमा छलफल हुने छ।
यसैगरी, पार्टीका विभिन्न केन्द्रीय आयोग, सल्लाहकार परिषद्, सङ्घीय नेतृत्व मञ्च र विभागहरूमा मनोनयन, बैंक खाता सञ्चालन र संसदीय दलका लागि आवश्यक प्राविधिक सहायता एवं लेवीका सम्बन्धमा पनि सचिवालयमा छलफल हुनेछ।
रास्वपाले विज्ञ तथा योजनाहरू आह्वान गर्ने, प्रतिनिधि सभा सदस्यहरूको साङ्गठनिक जिम्मेवारी बाँडफाँट र आगामी केन्द्रीय समिति बैठकको मिति तय गर्ने विषयमा पनि छलफल हुने प्रवक्ता झाले जानकारी दिए।
वैशाख ५, २०८३ शनिबार १९:३२:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।