नवनिर्वाचित १२ संसदीय समितिका सभापतिले लिए शपथ
काठमाडौं : सङ्घीय संसद्का नवनिर्वाचित १२ वटा संसदीय समितिका सभापतिहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
शुक्रबार सभापतिमा चयन भएसँगै उनीहरूले सिंहदरबारस्थित लेखा समितिको हलमा सभामुख डोलप्रसाद अर्यालसमक्ष शपथ ग्रहण गरेका हुन्।
शपथ लिनेहरूमा प्रतिनिधि सभाका १० वटा विषयगत समिति र दुई वटा संयुक्त समितिका सभापतिहरू रहेका छन्। शपथ समारोहमा उपसभापति रुवीकुमारी ठाकुर, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम लगायतको उपस्थिति थियो।
कानुन, न्याय तथा मानवअधिकार समिति: समीक्षा वास्कोटा
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति: अशोक चौधरी
पूर्वाधार विकास समिति: आशिष गजुरेल
महिला तथा सामाजिक मामिला समिति: आकृती अवस्थी
राज्य व्यवस्था तथा सुशासन समिति: हरि ढकाल
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: डा. ओजस्वी शेरचन
सार्वजनिक लेखा समिति: भरत खड्का
संसदीय सुनुवाइ समिति (संयुक्त) : बोधनारायण श्रेष्ठ
राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति (संयुक्त) : गणेश कार्की
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति : सुम्नीमा उदास
अर्थ समिति: कृष्णहरि बुढाथोकी
उद्योग तथा वाणिज्य र श्रम समिति: रहवर अन्सारी
वैशाख ४, २०८३ शुक्रबार १७:११:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।