रास्वपाले तोक्यो मन्त्री र सांसदको लेबी
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना मन्त्री र सांसदहरूले पार्टीलाई बुझाउनुपर्ने मासिक लेबी तोकेको छ। सिंहदरबारमा बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले लेबीसम्बन्धी प्रस्ताव पारित गरेको हो।
बैठकको निर्णयअनुसार सरकारमा सहभागी मन्त्रीहरूले १८ हजार रुपैयाँ र सांसदहरूले १६ हजार ५ सय रुपैयाँ लेबी बुझाउनुपर्नेछ। महामन्त्री कवीन्द्र बुर्लाकोटीले बैठकले मन्त्री र सांसदहरूको लेबी तोक्ने प्रस्ताव पारित गरेको जानकारी दिए।
बैठकले मन्त्री र सांसदका स्वकीय सचिवहरूका लागि मासिक २ हजार रुपैयाँ लेबी तोकेको छ। सांसदका स्वकीय सचिवहरूको हकमा भने हाल सांसदले स्वकीय राख्ने निर्णय छैन। यसरी संकलन हुने रकम पार्टी कोषमा जम्मा हुनेछ।
वैशाख ३, २०८३ बिहीबार १५:१०:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।