संसदीय समितिहरूको सभापतिका लागि रास्वपाले टुङ्ग्यायो उम्मेदवार, कुन समितिमा को?
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय समितिका सभापति पदका लागि आफ्ना उम्मेदवारहरूको नामावली टुङ्गो लगाएको छ।
बिहीबार बसेको रास्वपा संसदीय दलको बैठकले १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका लागि उम्मेदवार तय गरेको हो।
रास्वपाले अर्थ समितिमा कृष्णहरी बुढाथोकी र राज्य व्यवस्था तथा सुशासन समितिमा हरि ढकाललाई अगाडि सारेको छ।
यस्तै, कानुन, न्याय तथा मानवअधिकार समितिमा समिक्षा बास्कोटा र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा सुम्नीमा उदासलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
पार्टीले सार्वजनिक लेखा समितिलाई ‘प्रमुख प्रतिपक्षी दल’ नेपाली कांग्रेसलाई छुट्याएको छ।
यसका अलावा प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त समिति रहेको संसदीय सुनुवाइ र राज्यका निर्देशक सिद्धान्त जस्ता संयुक्त समितिको पनि उम्मेदवार तय गरेको छ।
रास्वपाका उम्मेदवारहरूको पूर्ण सूची:
१. कानुन, न्याय तथा मानवअधिकार समिति:- समिक्षा बास्कोटा
२. कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति:- अशोक चौधरी
३. पूर्वाधार विकास समिति:- आशिष गजुरेल
४. महिला तथा सामाजिक मामिला समिति:- आकृती अवस्थी
५. राज्य व्यवस्था तथा सुशासन समिति:- हरि ढकाल
६. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति:- डा. ओजस्वी शेरचन
७. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति:- सुम्नीमा उदास
८. अर्थ समिति:- कृष्णहरी बुढाथोकी
९. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति:- रहवर अन्सारी
१०. संसदीय सुनुवाइ (संयुक्त समिति):- बोधनारायण श्रेष्ठ
११. राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन (संयुक्त):- गणेश कार्की
वैशाख ३, २०८३ बिहीबार १४:१३:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।